श्रीमतीकाे हत्या गरी फरार अभियुक्त पक्राउ

arrested
लोकपाटी न्यूज

काठमाडौं । कपिलवस्तुमा आफ्नै ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी जंगलमा फालेर फरार भएका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगंज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया छन् ।

गत असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको थियो । इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन ।

गत असोज २६ गते इलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरूबाट उनको सनाखत भएको थियो ।

अनुसन्धानका क्रममा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुलेपछि इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको हो ।

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुलेको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्