काठमाडाैं। च्याउका परिकार निकै स्वादिलो हुन्छ। च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउकाे सेवनले मानव शरीरमा हामीले साेच्दै नसाेचेकाे फाइदा पुर्याउँदछ ।
च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएकाे छन् ।
मोटोपन घटाउने देखि लिएर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने काममा पनि च्याउ सहायक सिद्ध हुन्छ । अध्ययन अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन् ।
यस्ता छन् च्याउ खानुका फाइदाः
च्याउले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । यो एक प्रकारको एमिनो एसिड हो र यसमा हुने सल्फर सरीरका लागि हरेक किसिमले फाइदाजनक हुन्छ ।
मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ ।
च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।
च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ ।
मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ ।
रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ । –विभिन्न एजेन्सीको सहयोगमा



लोकपाटी न्यूज

