किचनमै छ औषधी : यस्ता छन् ब्राेकाउली खानुका फाइदा

लोकपाटी न्यूज

काठमाडौं। ब्रोकाउली मानव स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो  । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधीको रुपमा पनि उपयोग गर्ने गरिन्छ।

प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुने डाक्टरहरु बताउँछन्। त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ । ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ ।

यस्ता छन् ब्रोकाउली खानुका फाइदाः

ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ। आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ।

यसले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ। एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन सहयोग गर्दछ।

मधुमेहसँग लड्न मद्दत गर्दछ। उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ। मुटु रोगीका लागि लाभदायक हुन्छ याे। ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ। ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वास्थ्य राख्न मद्दत गर्दछ। रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

रुगा खोकीबाट बचाउन समेत भूमिका खेल्दछ। ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुगा खोकीबाट बचाउने गर्दछ। त्यस्तै यौन उर्जालाई बढाउने काम पनि गर्छ। शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ। एक कपको ब्रोकाउलीमा ९४ एमसीजी फोलिक एसिड हुन्छ, जुन बी भिटामिनको श्रोत हो र जसले भ्रुणको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्