वडाअध्यक्षसहित १२ जना जुवाडे पक्राउ

लोकपाटी न्यूज

काठमाडाैं। प्रहरीले रुकुमपश्चिम र सुर्खेतमा गरी १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ। रुकुमपश्चिममा एक जना वडा अध्यक्ष पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

पक्राउ पर्ने वडाअध्यक्ष मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसी हुन् । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अन्य पक्राउ पर्नेमा सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी), ३४ वर्षीय कमल बुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्। प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।

यस्तै गएराती १० बजे वीरेन्द्रनगर नगरपालिका –८ कबडहल नजिक गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेका ७ जना सहित,३ गड्डी तास र एक लाख ७२ हजार ४५० रुपैंया सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्