किचनमै छ औषधी : यस्ता छन् भिजाएकाे काँचाे चना खानुका फाइदा

लोकपाटी न्यूज

काठमाडाैं। चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।

चनाकाे दाल पकाएर त्यसकाे रस पिउँदा पनि शरीरलाई धेरै फाइदा पुर्याउँछ। झन् चनालाई भिजाएर हरेक दिन खाने गरेमा धरै राेगहरुलाई नियन्त्रण गर्नुका साथै शरीरलाइ तन्दुरुस्त राख्न पनि सहयाेग गर्दछ ।

यस्ता छन् भिजाएको काँचो चना खानुका फाइदाहरुः

रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु त अझ लाभदायक मानिन्छ ।

भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । पटक-पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ भने नियमित रुपमा हरेक बिहान भिजेको चना खाने गर्नुस् । यसले धेरै फाइदा गर्दछ।

त्यस्तै रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

त्यस्तै रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम पनि कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।

एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले खानाले नियन्त्रणमा फाइदा पुर्याउँछ ।

भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म अर्थात् उर्जाको दहन तीब्र बन्दछ । जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्दछ ।

छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।

हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्