काठमाडाैं। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले दाबी पेस गरेका छन्। आज अपरान्ह ४ बजे उनले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए। माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मुख्यमन्त्रीमा आफ्नाे दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री बन्नका लागि उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेकाे छ। मुख्यमन्त्रीमा दाबी पेस गरेको शाहीलाई आज राति ८ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।



लोकपाटी न्यूज
