अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिँदा निगम दवावमा

nepal-oil-nigam-2-
लोकपाटी न्यूज

काठमाडौं । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सान फेरि चुलिएको छ । केही दिनअघि मात्रै मूल्य समायोजन गरेर नोक्सानलाई केही तल झारेको निगमले सोमबार आईओसीबाट नयाँ मूल्य पाएपछि दबाबमा परेको हो ।

सो मूल्यका अनुसार पेट्रोलमा ७.४२ रुपैयाँ, डिजेलमा ३.९२ रुपैयाँ र मट्टितेलमा ११.४९ रुपैयाँ र हवाई इन्धनमा ४.११ रुपैयाँ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर २ सय ४६ रुपैयाँ ४७ पैसा मूल्य बढेर आएको हो ।

बढेको मूल्यसँगै निगमलाई पेट्रोलमा २०.०४ रुपैयाँ, डिजेलमा १५.६२ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ०.०१ रुपैयाँ तथा खाना पकाउने ग्याँसमा ७२१.६९ रुपैयाँ नोक्सानको अवस्था रहेको जनाइएको छ । मट्टितेलमा १३.०५ रुपैयाँ र बाह्य हवाई इन्धनमा १४.६२ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्