काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन्। प्रदेश सरकार सञ्चालनका क्रममा नेपाली कांग्रेससँग भएको सहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेको माओवादी केन्द्रका तर्फबाट कर्णाली प्रदेशसभा सदस्य रहेका एक सांसदले जानकारी दिए।
शाहीले सोमवार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकपछि पदबाट राजीनामा दिन लागेको ती सांसदले बताए।
गत वैशाख १५ गते कणाली प्रदेश सरकारको नेतृत्व ६ महिनापछि कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति गरेर शाही नेतृत्वको सरकारले विश्वासको मत पाएको थियो। शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।



लोकपाटी न्यूज
