प्रधानन्यायाधीशले राखे सम्मानजनक निकासको प्रस्ताव

CholendraSamsher_jabara_Rana
लोकपाटी न्यूज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमाथि उठेकाे प्रश्नमा आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीश समक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए ।

सर्वोच्च अदालतका एक न्यायाधीशले भने ‘मनोज श्रीमानले प्रधानन्यायाधीशज्यूबाट सम्मानजनक निकासको अपेक्षाको प्रस्ताव गरेको बताउनुभयो । त्यो हो कि होइन, हो भने के रहेछ भनेर हामीले तीन जना श्रीमानहरुलाई पठाएका हौं।’

छलफलका क्रममा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको उनले बताए । तर बन्दीप्रत्यक्षीकरण बाहेक थुनुवा जोडिएका र पुराना मुद्दा सुनुवाई गर्ने भनी हल्ला चलेपछि त्यो यथार्थ नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्