प्रधानन्यायाधीशविरुद्ध नेपाल बारद्वारा चरणबद्ध आन्दाेलनकाे घाेषणा

nepal-bar-association election
लोकपाटी न्यूज

काठमाडाैं। नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो ।

त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ । त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।

बारले अन्य न्यायाधीशको हकमा भने केही बोलेन । बारले ९० वटै युनिटको भर्चुअल बैठक राख्ने निर्णय पनि गरेको छ । न्यायपालिकाको समग्र सुधारका लागि आन्दोलन गर्नु परेको भन्दै बारले सवैको सहयोगको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्