काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै नदिएसम्म बहस नगर्ने बताएका हुन्।
प्रधानन्यायाधीशले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । नेपाल बार एसोसिएसनले बोलाएको सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताएका हुन् ।
बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।
मंगलबारको बैठकमा सल्लाहकार समितिका ३७ जनाले प्रधानन्यायाधीशबारे बारले कस्तो निर्णय गर्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव दिएका थिए । त्यसमध्ये ३६ जनाले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुपर्ने बताएका थिए ।



लोकपाटी न्यूज

