‘विवादमा तानिएका सबैले राजीनामा दिए म पनि तयार छु’

Cholendra Rana
लोकपाटी न्यूज

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सडकबाट राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले यस्ताे बताएका हुन्।

उनले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएको सर्वोच्च उच्च स्रोतले जानकारी दिएकाे । प्रधानन्यायाधीश जबराले न्यायाधीशसँगको भेटमा सडकबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने बताएका हुन्।

फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामा दिन तयार रहेको उनले भेटमा बताएका थिए। ‘म संवैधानिक तवरले नियुक्ति भएको हुँ। निकास दिनेभए सबैले निकास दिँउ’, उनको भनाई उदृत गर्दै स्रोतले भन्यो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्