काठमाडाैं। सर्वाेच्च अदालतका न्यायाधीशहरु र प्रधानन्यायाधीश बीचकाे भेटवार्ता सकिएकाे छ। सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर बाहिरिएका हुन्।
सर्वोच्चका १५ न्यायाधीश छलफलपछि प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीशलाई भेटेर बाहिरिएपछि न्यायाधीशहरु चाहिँ पुन: छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि उनले निकास दिनुपर्ने निष्कर्षमा न्यायाधीशहरु पुगेका छन्। नेपाल बार र सर्वोच्च बारले पनि जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्षमा छ। यससँगै नेपाल बारले आज औपचारिक धारणा सार्वजनिक गर्दैछ। चार जना पूर्व प्रधानन्यायाधीशले पनि जबराले मार्ग प्रशस्त गर्नुपर्ने बताइसकेका छन्।



लोकपाटी न्यूज

