बालकमाथि लगातार अप्राकृतिक मैथुन, एक विदेशी नागरिक पक्राउ

लोकपाटी न्यूज

कास्की। विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको आरोपमा प्रहरीले क्यानेडियन नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय क्‍यानेडियन नागरिक रोबर्ट किन्कले रहेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचनाको आधारमा किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्