काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् । सोमबारका लागि राणाले फुलकोर्ट बैठक बोलाएका थिए तर न्यायाधीशहरुले साे बैठकमा नजाने निर्णय गरेका हुन्।
फुलकोर्टको बैठक बोलाइएपछि राणाबाहेकका सर्वोच्चका न्यायाधीशहरुको बैठक बसेको थियाे । सो बैठकले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको पेशीमा के गर्ने भन्ने विषयमा छलफल भएको छ । न्यायाधीशहरुले राणापछिका दोस्रो वरियतामा रहेका वरिष्ठतम न्यायाधीश दीपक कार्कीसँग सल्लाह अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् ।
सोमबारदेखि वरिष्ठतम न्यायाधीश कार्कीको च्याम्बरमा बस्नेसमेत निष्कर्ष निकालिएको छ । न्यायाधीशरुले राणालाई अब स्वीकार नगर्ने संकेत गरेका छन् ।



लोकपाटी न्यूज

