काठमाडाैं। सर्वोच्च बारको बैठक आइतबार बस्ने भएको छ । एकल इजलासमा एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने विवादकाबीच सर्वोच्च बारको बैठक बस्न थालेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यतासम्बन्धी गणेश रेग्मीले दायर गरेको रिटमा हरि फुयाँलको एकल इजलासले एमिकस क्युरी माग गरेको थियो ।
सर्वोच्च बारले भने उक्त मुद्दा संवैधानिक इजलासमा पठाउनुपर्ने माग गरेको छ । बैठकपछि टि ब्रेकमा बार प्रतिनिधिहरुले प्रधानन्यायाधीशसँग भेटघाट गर्ने तयारी समेत गरेका छन् ।



लोकपाटी न्यूज

