प्रधानन्यायाधीश विरुद्ध माेर्चाबन्दी शुरु, के हाेला अब ?

CholendraSamsher_jabara_Rana
लोकपाटी न्यूज

काठमाडाैं। सर्वाेच्च अदालतभित्रै प्रधानन्यायाधीश विरुद्ध माेर्चाबन्दी शुरु भएकाे छ। सरकारमा आफ्नो हिस्सा खोजेको र रहेका नियुक्तिमा भाग खोजेको भन्दै समाचार आउन थालेपछि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा विरुद्ध मोर्चाबन्दी सुरु भएको हाे ।

प्रधानन्यायाधीशकै कारण न्यायपालिकाको गरीमामाथि प्रश्न उठेको र प्रतिष्ठामा आँच आएको भन्दै यसबाट गम्भीर बन्नुपर्ने बेला आएको न्यायाधीशहरुले बताएका छन्।

एक न्यायाधीशले भने, ‘यतिबेला न्यायपालिका गम्भीर संकटमा धकेलिएको छ । कुनै व्यक्तिको कारण न्यायपालिकाको गरीमामाथि प्रश्न उठ्ने दिन आउन दिनु हुँदैन । अदालतप्रति नै जनताको भरोसा उठ्न छाड्यो भने देशमा गम्भीर संकट आउन सक्छ । कुनै व्यक्तिका कारण सिङ्गो न्यायपालिकामाथि हस्तक्षेप र बदनामी स्वीकार्य हुन सक्दैन । त्यसकारण हामी कसरी अगाडि बढ्ने भनेर गम्भीर छलफलमा छौँ ।’

यतिबेला प्रधानन्यायाधीशको काम कारवाही र तौरतरिकाको विषयलाई लिएर १९ मध्ये १५ जना न्यायाधीश एकातिर रहेको जनाइएकाे छ। त्यसाे हुँदा प्रधानन्यायाधीशसँग चार न्यायाधीश मात्र रहने बुझिएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्