महाकालीमा बाढीकाे वितण्डा, रेड लिस्टमा कञ्चनपुर

लोकपाटी न्यूज

काठमाडाैं। आइतबारदेखि निरन्तर रूपमा परिरहेको अविरल वर्षाका कारण महाकाली नदीको जलस्तर झन्डै एक शताब्दीकै उच्च विन्दुमा पुगेको छ। सन् १९२९ मा निर्माण भएको ब्यारेजमा पानीको बहाब ९२ वर्षयताकै उच्च पुगेको हो।

मंगलबार दिउँसो २ बजे महाकाली नदीमा पाँच लाख ४७ हजार दुई सय २४ क्युसेक पानी मापन गरिएको छ। ब्यारेजको तथ्यांकअनुसार सन् २०१३ मा पाँच लाख ४४ हजार चार सय ७६ क्युसेक बहाव पानी पुगेको थियो, त्यसलाई समेत नाघ्दै अहिले पाँच लाख ४७ हजार दुई सय २४ क्युसेक पुगेको हो।

महाकाली नदीमा पानीको बहाव उच्च भएपछि ९२ वर्षअघि बनेको शारदा ब्यारेज (वनबासा पुल)समेत उच्च जोखिममा परेको छ। बिहानैदेखि पुलमा आवागमनसमेत बन्द गरिएको छ। अहिलेसम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा रातो बत्ती बालिएको छ। महाकाली नदी तटीय नेपाल र भारत दुवैतर्फ बस्ती डुबानमा परेसँगै त्रास छाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्