महानायक विवाद : शाेभित पछि सलाेनले पनि मागे माफी

लोकपाटी न्यूज

काठमाडाैं। ‘महानायक’ को विषयमा केही दिन अगाडि आफूले दिएको अभिव्यक्तिको विषयमा अभिनेता सलोन बस्नेतले माफी मागेका छन् । उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै माफी मागेका हुन् ।

उनले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायक’ को परिभाषा के हो ? भन्ने प्रश्न उठाएका थिए । उक्त अभिव्यक्ति पछि सामाजिक सञ्जालमा बस्नेतमाथि गालीको वर्षा हुन थालेको थियो । यहीबीच उनले अहिले आएर माफी मागेका हुन् ।

केही दिन अगाडि निर्देशक शोभित बस्नेतले पनि ‘महानायक’ विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म ‘डाँडाको वरपीपल’ बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने वाचा नै गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्