जसपाले टुंग्यायाे मन्त्री बन्नेकाे नाम, काे-काे परे ?

upendra baburam bhattarai
लोकपाटी न्यूज

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हाे।

जसपा बैठककाे निर्णय अनुसार जनता समाजवादी पार्टी जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको जसपा स्राेतले जनाएकाे छ।

मन्त्रिपरिषद विस्तारकाे विषयमा बसेकाे गठबन्धनकाे बैठक पछि मन्त्रीकाे नाम टुंगाे लगाउन जसपाकाे बैठक बिहान बसेकाे थियाे। साे बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुकाे नाम टुंगाे लगाएकाे हाे। याे सँगै मन्त्रिमण्डल विस्तारकाे सम्भावना पनि बढेकाे छ।