काठमाडाैं। जनता समाजवादी पार्टी नेपाल (जसपा) मन्त्रालयकाे भागबन्डा मिलेसँगै मन्त्रीकाे नाम टुंगाे लगाउन जुटेकाे छ। पाँच दलीय गठबन्धनकाे बैठकमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक मन्त्रीकाे नाम टुंगाे लगाउनकाे लागि बसेको हो ।
आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । सो पार्टीका प्रतिनिधिसभा सदस्य प्रमोद साहका अनुसार बैठक भर्खर सुरु भएको छ । सरकारमा मन्त्री पठाउने लगायतका विषयमा बैठकमा छलफल भइरहेको उनको भनाइ छ ।
यसअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नपठाउने अडानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा मन्त्री पठाउने विषयमा संसदीय दलमा छलफल गरिरहेका छन् ।



लोकपाटी न्यूज

