काठमाडौं । एनएमबी बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी गरी नियुक्त गरेकाे हाे।
बैंकका अनुसार नायक शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको छ ।
एनएमबी बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे ।



लोकपाटी न्यूज

