प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Madhesh
लोकपाटी न्यूज

धनुषा। धनुषाको जनकपुर स्थित प्रदेश–२ काे मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात समेत जफत गरेको छ ।

प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्