काठमाडौ। धेरै ठाउँमा सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ। अझै पहाडी जिल्लाका दुर्गम स्थानमा त सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ। तर यही सिस्नोको औषधीय महत्वबारे हामी कतिलाइ जानकारी छैन। त्यसैले पनि सिस्नो खानुलाइ कतिपयले गरीबीको पराकाष्ठा समेत सोच्न पुग्छन्। सिस्नो आफैँमा यस्तो औषधीय गुण बोकेको तरकारी हो । जसको सेवन गर्नु स्वास्थ्यका लागि निकौ फाइदाजनक हुन्छ।
सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ । यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ । सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।
उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ । प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले फाइदा गर्दछ।
सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्याउँछ ।
यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट समेत रोक्ने काम गर्छ । सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ । पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ । शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ । शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।



लोकपाटी न्यूज

