नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

Share Market
लोकपाटी न्यूज

असाेज ११ काठमाडाै। सोमबार शेयर बजार परिसूचक नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट आएको  छ। केही दिन यताबाट गिरावट हुँदै आएको  शेयर परिसूचक नेप्सेमा आज अधिकतम ७३ अंक माथिले गिरावट आएको हाे।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो। त्यसो त अघिल्लो दिन आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८.४८ विन्दुमा झरेको थियो।

नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ। यस दिन सबैजसो समूहहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको छ। आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ।