असाेज १० काठमाडाै । कपनस्थित मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षे बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुर प्रहरीले बताएकाे छ।
गत असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव ललितपुरकाे घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् ।
घुसेल ललितपुरको दुर्गम ठाउँ हो । बागमती नदी किनाराबाट मुल सडक सम्म शव ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्ने बताइएकाे छ । उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा रहेकाे र शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने ललितपुर प्रहरीले जानकारी दिएकाे छ।



लोकपाटी न्यूज
