प्राइम लाइफले बाेनस सेयर दिने

लोकपाटी न्यूज

असाेज ९ काठमाडाै । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले उक्त वर्ष आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको जनाइएकाे छ । उक्त प्रस्ताव इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने बताइएकाे छ ।