काठमाडौँ। नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठकबाट कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन्। उनी केहीबेरअघि बैठकस्थलबाट बाहिरिएका हुन्।
उनले आफू जरुरी काम परेर निस्किएको र अन्य सदस्यहरु छलफलमै रहेको बताए। तर स्रोतका अनुसार उनी बैठकबारे अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्न बालुवाटार गएका हुन्। १० घण्टायता जारी बैठकमा सहमति हुने नहुने विषयमा विभिन्न अड्कलबाजी तीब्र भएको छ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक विहान ९ः२० बजेबाट सुरु भएको थियो। दिउँसो बैठकको बीचबाटै कार्यदलका सदस्य माधव नेपाल निकट घनश्याम भुसाल बाहिरिएका थिए। बैठकस्थलबाट बाहिरिएपछि उनले बानेश्वरको एक होटलमा नेता नेपालालई बैठकबारे बिफ्रिङ गरेका थिए।
यसैबीच ओलीले आज ४ः०० का लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेका छन्। सहमतिको सम्भावना जीवितै रहेका कारण बैठक स्थगित गरेको एमाले केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताए।



लोकपाटी न्यूज

