काठमाडौं। नेकपा (एमाले) को आन्तरिक विवाद समाधानतर्फउन्मुख भएको छ। कार्यदलको आज बसेको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेतारुको दाबी छ। एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालकहाँ पुर्याईएको छ।
दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुजी पन्त केपी शर्मा ओली र माधव नेपालकहाँ मस्यौदा बोकेर पुगेका छन्। सुरुमा पोखरेल कार्यदलको बैठकबाट बाहिरिएका थिए। र, पछि पन्त माधव नेपालकहाँ पुगेका हुन्। कार्यदलको बैठक जारी छ।



लोकपाटी न्यूज

