रिक्त एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस

Loksewa__BO8NwYZFSI
लोकपाटी न्यूज

काठमाडौं। रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीनजना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको छ। सचिवका लागि कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरिएको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको आज सिंहदरबारमा बसेको बैठकले सचिवका लागि नाम सिफारिस गरेको हो।

आज बस्ने मन्त्रिपरिषद बैठकले सोबारे निर्णय लिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्