एमालेभित्रकाे विवाद समाधानका लागि गठित कार्यदल पुनः ब्यूतियाे

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेभित्रको आन्तरिक किचलो समाधानका लागि गठित कार्यदल पुनः ब्यूतिएको छ।

गत जेठ २ गते पार्टी विवाद समाधानका लागि भन्दै गठन गरिएको कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ जना गरि १० जनाको सहभागीता रहेको छ। ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन्। भने नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।

उक्त कार्यदलको बैठक गत जेठ ७ गतेयता बस्न सकेको छैन। दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफलमा जुटेपनि आज कार्यदलमार्फत नै बैठक बस्न लागेको एक नेताले जानकारी दिए। यसअघि आइतवार अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी भएको थियो। भेटघाटको क्रममा पार्टी एकता सुदृढ बनाउनका लागि कार्यदलमार्फत अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ।