नबिल बैंक र युनाइटेड फाइनान्सले एकिकृत कारोबार शुरु गर्ने

लोकपाटी न्यूज

काठमाडाैँ। नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गरी सो दिनदेखि एकिकृत कारोबार शुरु गर्न लागेको हो। गत असार ५ गते सम्पन्न यी दुबै कम्पनीको अलग अलग विशेष साधारण सभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो।