– रत्न शर्मा
गर्बिलो एक शताब्दि लामो इतिहास बनाएको छ। यति मात्रै होइन राजनीतिक, आर्थिक एवं सामाजिक हिसाबले वक्र रेखाको तल्लो विन्दुमा रहेको चीनलाई उच्चतम विन्दुमा पुर्याउने महत्त्वपूर्ण उपलब्धि समेत हासिल गरेको छ। पृथ्वीको आधा भूगोल हलचल गराउन सक्ने जनसङ्ख्यालाई निकै संयमितताका साथ गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य र रोजगारीको व्यवस्था मात्रै गरेको छैन कि विश्वका उत्कृष्ट मानवहरू समेत चिनियाँ माटोबाट उत्पादन गरिरहेको छ। अझ खोज अनुसन्धान र वैज्ञानिक अन्वेषणका क्षेत्रमा त चीनले आफूलाई विश्वकै अब्बल राष्ट्रका रूपमा साबित गरिसकेको छ।
विडम्बना नेपालमा भने पुष्पलालले विं.सं.२००६ साल भाद्र ३० गते गणतन्त्र प्राप्तिको एजेन्डालाई अगाडि सार्दै नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको भएता पनि मनमोहन र केशरजंग जस्ता केही नेताले वैधानिक राजतन्त्रको पक्षको वकालत गरेर कम्युनिस्ट पार्टीमा बिग्रहको बीजारोपण स्थापनाकाल (२००८) मै गरेका थिए। कोरा सैद्धान्तिक तर्क र तथ्यलाई सतहमा देखाउँदै देश भित्रका आन्तरिक वा बाह्य शक्ति केन्द्रको प्रपन्नमा फसेर होस् या आन्तरिक भाग बन्डामा नमिलेर होस् नेपालका कम्युनिस्ट पार्टीहरु टुटफुट विभाजन हुने क्रम इतिहासका कालखण्डमा धेरै पटक भयो र त्यो आज पनि जारी छ। राजतन्त्र वा संवैधानिक राजतन्त्रलाई स्वीकार गर्नु दलाल पुँजीवादी संसदीय व्यवस्थाको दलदलमा फस्नु, सिद्धान्त केन्द्रित नभई नेपाली कांग्रेसकै सिको गरी सत्ता केन्द्रित राजनीतिलाई मूल अस्त्रका रूपमा लिनु, यी र यस्ता गतिविधि वास्तावमै नेपाली कम्युनिस्ट आन्दोलनलाई मूल राहबाट तितरबितर गर्ने मात्र नभई समाजवाद प्राप्तिका अवरोधक समेत साबित भए। नेपालका अस्तित्वमा रहेका मूल कम्युनिस्ट पार्टीहरु आज पनि न त मार्क्सवादी विचारधारामा टेकेर अगाडि बढेका छन्, न त लेनिनको सङ्गठनात्मक संरचनालाई अङ्गालेका छन्, समाजवाद र साम्यवाद त केवल कोरा दस्ताबेजमा भेटिन्छ यात यिनका खोक्रा भाषणमा भेटिन्छ।
वर्ग चरित्र र आचरणका दृष्टिले दलाल पुँजिवाद मात्र नभई फासिज्मसमेत अङ्गालेको नाङ्गै आँखाले देख्न सकिन्छ। छरिएर रहेका एक धारका विभिन्न बाम घटकहरूलाई सूत्रबद्ध गर्दै २०४६ पौष २२ गते नेकपा एमाले मुख्य कम्युनिस्ट पार्टीको रूपमा स्थापित भयो संसदीय राजनीतिमा राम्रो प्रभाव बनाउँदै २०५१ को मध्यावधि निर्वाचनमा देशकै ठुलो पार्टी बन्न सफल भएको एमालेले ९ महिना लोकप्रिय सरकार समेत चलायो तर महाकाली सन्धि लाई जड देखाउँदै २०५४ मा नेकपा एमाले विभाजन भयो जसले कम्युनिस्ट आन्दोलनलाई गतिहीन बनायो।
अर्कातिर एमालेलाई बिग्रेको कम्युनिस्ट भन्ने क्रान्तिकारी धारका केही बाम घटकहरू ध्रुवीकरण हुँदै गणतन्त्रलाई मूल एजेन्डा बनाउँदै सशस्त्र विद्रोहमा जाने रणनीतिका साथ विं.सं.२०५१ मा नेकपा माओवादीको स्थापना भयो। गणतन्त्र प्राप्तिको एजेन्डा पनि सफल भयो तर, दश वर्षे जनयुद्धको अवधिमा फलामे अनुशासनमा बसेका माओवादी नेता शान्ति प्रक्रियामा आएपछि सत्ता र स्वार्थमा चेत गुमाउने गरी लिप्त भए जसको फलस्वरूप नेकपा माओवादी पनि विभाजित भयो, पहिलो संविधानसभा निर्वाचनमा देशकै बलियो शक्तिका रूपमा उदाएको माओवादीको कारुणिक विग्रहले नेपाली जनताका तमाम आशा आकांक्षामा पूर्णविराम लाग्नुका साथै स्वयम माओवादीले परिकल्पना गरेको समाजवादी शासन व्यवस्था सम्म पुग्ने राह समेत ध्वस्त भयो।
पछिल्लो समय २०७५ ज्येष्ठ ३ मा प्रमुख कम्युनिस्ट पार्टीबिच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनले त झन् नेपाली जनतामा कम्युनिस्ट भन्ने शब्दप्रति नै घृणाको भाव पैदा गराएको छ। सिद्धान्त त कम्युनिस्ट नेताहरू सादगी, समानता, न्यायका हिमायती हुनुका साथै व्यक्तिवादी सोचलाई तिलाञ्जली दिँदै मजदूर र विपन्न वर्गको मुक्तिदाता हुनु पर्ने हो बरु त्यसको साटो कम्युनिस्ट पार्टीभित्र पछिल्लो समय दलालहरूले एक छत्र राज गरी रहेका छन्। अझ प्रस्ट रूपमा भन्नु पर्दा पार्टी नै राष्ट्रिय अन्तर्राष्ट्रिय दलालहरूले चलाईहेका छन्। वैद्य,बाबुराम,बादल जस्ता जनयुद्धका महान् हस्तीहरूलाई रेसमा पाखा लगाएर सफल भएको ठान्ने प्रचण्ड प्रवृत्ति र कुर्सी छोड्नुलाई संसारबाटै छोडेर जानुसँग तुलना गर्ने केपी प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनका लागि यी दुवै घातक छन्। सिद्धान्त र व्यवहारमा निकै ठूलो खाँडल छरपस्ट छ।
यसरी रमिते कम्युनिस्ट भएर जग हसाउँदै गर्दा इतिहासमा दर्जित कम्युनिस्ट विरासत ध्वस्त भएको हेर्न धेरै दिन कुर्नु पर्दैन। बहुसङ्ख्यक जनता कम्युनिस्ट नीति,मूल्य,मान्यता र आदर्शप्रति समर्पित भएको नेपाली भूमिमा भ्रष्ट,पदलोलुप कम्युनिस्ट नेताहरूको सत्ता मोहका कारण राज्यलाई सही मार्गमा डोर्याउन नसक्दा लामो समयदेखि बिचार,विधि र राजनीतिक एजेण्डाविहिन केही पुँजीवादीहरुको समूह (नेपाली काँग्रेस) ले राज्यको साधन,श्रोत,अधिकारको चरम दुरुपयोग गरिरहेको छ, गरिरहने छ।
लेखक शर्मा अखिल क्रान्तिकारी,कर्णाली प्रदेश कमिटी सदस्य हुन्।



लोकपाटी न्यूज

