एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफाेन सम्वाद

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ।

केहीबेर अघि उनीहरूबीच टेलिफोन कुराकानी भएको स्रोतले बताएको छ। उनीहरूबीच अहिलेको पार्टीको राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। यसअघि नेता घनश्याम भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। पार्टी एकताका लागि दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन्।

हिजै दुवै पक्षले सहमतिका लागि प्रयास गर्दा पनि माधव नेपाललाई उनीहरूले भेट्न सकेका थिएनन्। जेठ २ मा फर्किनको लागि उनीहरूले सहमतिको प्रस्ताव तयार पारेका छन्। तर माधव नेपालले भने ‘प्याकेज’मा नै सहमति गर्न खोजेका छन्।