काठमाडाैँ। नेकपा एमालेको एकताका लागि दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो नेताबीच वार्ता जारी छ।
सानेपाको होटल समिटमा भएको वार्तामा ओलीका तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल छन्। नेपालका तर्फबाट भने नेता सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट रहेको एक नेताले बताए।
सहमतिका लागि मस्यौदा पनि तयार पारिएको छ। तर, नेपाल पक्षले भने सहमति जनाएको छैन। सो विषयमा छलफलका लागि नेता घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुगेका छन्। त्यसपछि थप वार्ता हुने बताइएको छ।



लोकपाटी न्यूज

