बलिउड अभिनेता आमिर खानले गरे वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा

लोकपाटी न्यूज

मुम्बई। बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन्।

बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन्। ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन्।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन्। आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन्। आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्