शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह सहभागी नहुने

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।बिहीवार (आज) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित नहुने निर्णय गरेको हो।

ओली पक्षको बुधवार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ मा फर्काउँदै केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो। तर नेपाल पक्षले भने आफूहरु पूर्व पदाधिकारी तथा महाधिवेशनबाट आएको हैसियतमा भएपनि उक्त बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए। जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ। त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ। माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ। विहान ११ बजेबाट बसेकाे बैठक ६ बजे सकिएकाे थियाे।

ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्