काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। बैठक केही बेरमा बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्। उक्त बैठकमा सहभागी हुने अथवा नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। हिजो बालुवाटारमा महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
उता, एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ। पार्टी एकताका विषयमा बुधबार साँझ छलफल गरेका नेताहरुबीच बिहीबार बिहान पनि छलफल भएको छ।



लोकपाटी न्यूज

