काठमाडौं। विपक्षी एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। नेतृ अष्टलक्ष्मी शाक्यकीअनुसार बैठक बिहीबार बस्नेछ। ‘बैठकले आज बालुवाटारमा भएको निर्णयबारे छलफल गर्नेछ,’ शाक्यले भनिन्- ‘त्यसपछि एउटा निष्कर्षमा पुग्छौँ।’
बालुवाटारमा बुधबार (आज) बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा पुर्याउने र पुरानै कमिटीको बैठक बोलाउने निर्णय गरेपछि विपक्षी एमाले पनि छलफलमा जुटेको हो।
यसअघि विपक्षी एमालेले आफ्नो बटमलाइनको रुपमा ‘सबै पार्टी कमिटी जेठ २’ कै अवस्थामा आउनुपर्नेलगायतका बुँदालाई अघि सारेको थियो।



लोकपाटी न्यूज

