एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपालपक्षलाई नबाेलाइने

yemale 3 gut
लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बालुवाटारमा बस्दै छ। सो बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ। स्रोतका अनुसार नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत नेतालाई बैठकमा नबोलाइएको हो।

नेपाल समूहकै केही नेतालाई बैठकमा बोलाइएको एमाले पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ। यसअघि कारबाहीमा परेका बाहेक नेतालाई मात्र बैठकमा बोलाइएको हो। सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि भोलिको बैठकले त्यसलाई विघटन गर्ने तयारी गरेको छ। भोलि बस्ने बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने तयारी गरेको बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्