काठमाडौं। मोलुङ्ग हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा साउन १५ गते गर्ने भएको छ।
कम्पनीले सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय कामनपा १४ रविभवनमा गर्ने जानकारी दिएको हो। सभाले नियमावलीको नियम २७ को ३ र नियम २९ संशोधन गर्ने, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग गर्ने र सञ्चालक समिति गठन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।



लोकपाटी न्यूज
