काठमाडाैँ। भारतमा पछिल्लाे २४ घण्टामा ४८ हजार ६ सय ९८ नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ११ सय ८३ जनाकाे मृत्यु भएकाे छ।
यस्तै ६४ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका मन्त्रालले शनिबार जानकारी दिएकाे छ। अहिलेसम्म भारतमा संक्रमित हुनेकाे संख्या ३ कराेड १ लाख ८३ हजार १ सय ४३ पुगेकाे छ। ती मध्ये २ कराेड ९१ लाख ९३ हजार ८५ जना संक्रमणमुक्त भएका छन्। ३ लाख ९४ हजार ४ सय ९३ जनाले भने संक्रमणका कारण ज्यान गुमाएका छन्। अहिले भारतमा ५ लाख ९५ हजार ५ सय ६५ जना सक्रिय संक्रमित रहेका सरकारी तथ्यांक छ।



लोकपाटी न्यूज

