काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ-आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन्।
शुक्रवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ। भेलामा बरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिं, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो। भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए।
भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतीको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए। नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए।
आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरीने उनको भनाई छ।



लोकपाटी न्यूज

