‘विज्ञलाई अगाडि सारौं, राजनीतिज्ञ सहयोगी बनौं’

ishwori pokharel
लोकपाटी न्यूज

-ईश्वरीप्रसाद पोखरेल

राजनीतिक तथा प्रशासनिक नेतृत्वका समस्याहरू

कोरोना महामारी कालीन संकटलाई चुनौती दिँदै प्राकृतिक विपद् दोस्रो आपतका रूपमा देशमा आइलागेको छ। २०७८ जेठ २ गतेको मौसमी प्रकोपको मेलम्ची सर्वनाश बस्ती नदीमा प्रवाहित वितण्डालाई उदाहरणमा लिँदा समग्र मुलुकको आवास व्यवस्थापन, विकास निर्माण गतिविधि, जनताको आयआर्जन तथा पेसा व्यवसायका नाममा खोलिएका विभिन्न नदी किनारका संरचना, खानी उद्योगहरू कति खतरनाक हुन सक्छन् रु भन्ने सङ्केत स्पष्ट देखाएको छ। राजनीतिक तथा प्रशासनिक नेतृत्वका मूलभूत समस्याहरूले नै नेपालमा धेरै विन्यास तथा दुर्घटना निम्ताएको पाइन्छ।

तसर्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको कार्यक्षेत्र र स्पष्ट जबाफदेहिता नभएसम्म मुलुकले के कसरी काम गर्ने र क्षति बापतको जिम्मेवार हुने रुकानुनी व्यवस्था अनिवार्य नभएको पीडा आमजनताले भोगिरहेका छन्। नेपालमा जे जति जनविरोधी प्राकृतिक उत्खनन, पेसा व्यवसाय तथा विकास, निर्माणका हचुवा निर्णय तथा हतारमा भएका कार्यान्वयनबाट जनताहरू विनाशको प्रभावमा छन्, तिनमा सबै शक्तिशाली राजनीतिक पार्टी, नेता तथा सार्वजनिक जनप्रतिनिधि एवं उच्चपदस्थ सार्वजनिक सेवामा संलग्न पदाधिकारी वर्गको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता र आर्थिक लगानी पाइन्छ।

यसर्थ मुलुकको राजनीति तथा प्रशासन सही दिशा र गतिमा नचल्नु र समग्र देशका हरेक सुशासनका पक्षहरू त वाह भई अधोगतिमा हुनुमा यी दुवै संरचनाका पदाधिकारी तथा उच्च नेतृत्व वर्गबिचको अपवित्र साँठगाँठ र  स्वार्थ नै मुख्य समस्या हो भन्ने देखाउँछ।

विषय विज्ञको अभाव राजनीतिज्ञको बल मिचाइ

राजनीतिज्ञ तथा प्रशासनिक नेतृत्वहरू आफू मात्र सुरक्षित हुने होइन, आमजनतालाई सुरक्षित तुल्याउने हो। सबै क्षेत्रमा आफ्नो सुरक्षा चाह्नेहरुले आफ्ना नजिकको छिमेकीको पनि सुरक्षित हुनु पर्दछ भन्ने ज्ञान दिनु आवश्यक हुन्छ। यी पक्षमा नेतृत्वमा उच्चस्तरको मानवीय चेतना विकास गरेर घर, परिवार, समुदाय, जिल्ला, प्रदेश, देश, विश्वस्तरमा ज्ञान प्रवर्धन हुनु अति आवश्यक देखिन्छ।

यसर्थ प्राकृतिक विपद् तथा जनस्वास्थ्यका सकारात्मक तथा नकारात्मक पक्षका विषयमा राजनीतिज्ञ तथा प्रशासक बोल्ने होइन र सम्बन्धित विज्ञहरुले जनतालाई आश्वस्त पार्नु उचित हुन्छ। महा प्राकृतिक विपत्ति र स्वास्थ्य सेवाका क्षेत्रमा देखा पर्न सक्ने सम्भावित महामारीहरूका विषयमा आफ्ना जनताहरुलाई शिक्षित गर्नु र पूर्वसूचित गर्ने प्रविधिको व्यवस्था र कार्यान्वयनबाट राज्यको विश्वसनीयता सिर्जना गरिनु देशका लागि प्रशस्त फाइदाजनक हुन्छ।

तसर्थ विद्यालय तहको शिक्षा प्रणालीबाट प्रारम्भ गरेर उच्चशिक्षा पद्धतिसम्म शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, प्राकृतिक पर्यावरण, प्रकृतिको सुरक्षा र प्रयोग, नागरिकको काम, कर्तव्य तथा अधिकार एवम् मानवीय भावना जोडेर नागरिक दायित्व, भूमिका तथा समाजसेवामा सहभागिता विषयमा आमजनताहरुलाई सजग र सचेत तुल्याउने मुख्यदायित्वलाई राज्यको शिक्षा पद्धतिले राम्ररी बोकेको हुनु पर्दछ।

बर्सेनि आइलाग्ने प्राकृतिक विपत र विनाशसित जुध्न रणनीतिक योजना बनाउन तथा कार्यान्वयनमा इमानदार नभएको राज्य पद्धतिलाई अहिले सामना गर्न परिरहेको कोरोना सङ्क्रमण कति भयावह होला रुअनुमान गर्न गाह्रो छ।कोरोना सङ्क्रमण शायद विश्वमा दुईचार सय वषर्यता धेरै जनताले नभोगेको घटना हुनाले धेरै धैर्यतापूर्वक नागरिकहरुले सामना गर्ने तथा रोकथाममा जनविश्वास सिर्जना गर्ने विश्वासिला आधारहरु राज्य तहको नेतृत्व तहमा हुनु  विद्यमान शासकीय पद्धतिमा धेरै खाँचो अनुभव हुन्छ। यसर्थ राजनीतिज्ञ सहयोगी र विषयगत विज्ञको अगुवाइमा समाधानका बाटाहरू खोजिनु र हस्तक्षेपरहित काम र जबाफदेहिता क्षतिपूर्ति भर्नुपर्ने गरी मिलाउनु आजको आवश्यकता महसुस हुन्छ।

महामारी कुनै विशेष क्षेत्रमा सीमित नहुने

विश्वव्यापी रूपमा कोराइनाजस्ता महामारी उत्पन्न हुन्छन् र समय क्रममा साम्य पनि हुन्छन्। महामारीहरू कुनै न कुनै रूपमा कुनै क्षेत्र, देशमा उत्पन्न हुने इतिहासदेखि कै निरन्तर क्रम हो। तर प्राचीन कालमा यातायात र हवाई सुविधा तथा  आमजनताको आवतजावतको गति प्रभावकारी थिएन र फैलिने तथा सङ्क्रमण दर डर कमहुन्थ्यो। यसर्थ समिति क्षेत्र अन्यत्र प्रभावित हुने तथा देशका अन्य भागमा फैलिने तथा विदेशी मुलुकमा फैलिने सम्भावना हुँदैनथ्यो। तर विद्यमान अवस्थामा सबै विश्व हवाई मार्ग, जलमार्ग, थल मार्ग र विविध यातायात प्रणाली तथा सञ्चार क्षेत्रसँग जोडिन सकेको छ र विश्वको एउटा कुनाको प्रभाव क्षितिजको अर्को कुनामा तत्काल पुग्ने गर्दछ।

यद्यपि उपचार र बचाउका पक्षमा पनि विश्वका आधुनिक चिकित्सकहरू एकजुट भएर महामारी नियन्त्रणमा उत्रिएको पाइएता पनि सबै उपचारमा धनको आवश्यकता र लगानीको सवालले बाँच्न पाउने मानवीय अधिकार कुण्ठित हुँदै गएको छ। भूकम्प, प्राकृतिक विपद्का प्रभाव पनि निश्चित क्षेत्रमा परे पनि यसको असर र नकारात्मक परिणाम सबैतिर उपल्लो भू९ भाग र तल्लो भागका सबै जिल्ला र विदेशी भूभागमा समेत पर्दछ भन्ने चेतना नागरिकमा हुनु र त्यस अनुरूपको कर्तव्य निर्वाह गर्ने दक्ष जनशक्तिको खाँचो देखिन्छ।

वर्ग नचिन्ने रोग, सबैको साझा शत्रु

विश्व एक गाउँमा रूपान्तरण हुँदा दुवै अवसर तथा चुनौतीले संसार घेरिएको छ। सकारात्मक तथा नकारात्मक दुवै परिणामका फाइदा र बेफाइदाप्रति समान रूपले जिम्मेवार हुनै पर्दछ।यसर्थ आपसी भाइचारा राख्ने र भूगोलको सीमासित सम्बन्ध जोडिने देशका सरकार तथा तिनका पदाधिकारीहरू आआफ्ना छिमेकीप्रति समेत जिम्मेवार बनेर स्वदेशका जनता तथा विदेशी नागरिक समेतको जीवन सुरक्षामा निस्स्वार्थ समर्पित हुनै पर्दछ।

वर्ग नचिन्ने आपत् विपत तथा सङ्क्रामक रोग सबैको साझा शत्रु हुन्छ, यसर्थ को गरिब, को धनी रु को विकसित, को अल्पविकसित र को विपन्न मुलुक र नागरिक भन्ने रु संकोचित प्रश्न प्राकृतिक विपद् तथा सङ्क्रामक रोगका सवालमा उठाउनु नै उचित हुँदैन। प्राकृतिक महामारी तथा विशेष प्रकृतिको रोगको फैलावट र सङ्क्रमण जतासुकै सामान्य बन्दै गएको डरलाग्दो सवालले विश्व भाइचारा र बन्धुत्व भावको उच्च खोजी मानव समुदायले गरिरहेको छ र महामारी तथा महाविपत्तिहरू सबैका साझा शत्रु हुन् भन्ने चेतना वृद्धि गरिनु पर्दछ।

जनताको सुरक्षा तथा राजकीय भूमिका

सामाजिक घटना वली, दैवी तथा प्राकृतिक प्रकोप तथा नागरिक हिंसाजन्य उन्मादबाट समूह स्वार्थ वा साम्प्रदायिक हिंसाबाट हुनसक्ने कमजोर वर्गको थिचोमिचो तथा सर्वसाधारणको जनधनको हानिबाट आमजनताको सुरक्षाका लागि राज्यको दायित्व हुन्छ। आफ्ना नागरिकलाई प्रजातान्त्रिक आचरणमा आबद्ध गर्न साधारण शिक्षा, नैतिक शिक्षा, सामाजिक शिक्षा तथा जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउने शिक्षा, ज्ञान तथा सीपको उचित व्यवस्थापन गर्नु राज्यको मुख्य दायित्व हुन्छ। यसका लागि राजनीतिक प्रणाली तथा सार्वजनिक सेवा प्रणालीको कार्यक्षेत्र, जबाफदेहिता र क्षतिपूर्ति गर्ने, गरिने व्यवस्था पारदर्शी रुपमामिलाउनु अति महत्त्वपूर्ण विषय तथा राज्यको मुख्य भूमिका रहने हुन्छ।

वैज्ञानिक व्यवस्थापन प्रणालीमा राज्यको दायित्व 

विश्वस्तरमा पहिचान भएका सुरक्षात्मक आवास व्यवस्थापन तथा सुविधायुक्त संरचना निर्माण, छिटो तथा सुरक्षात्मक यातायात प्रणाली तथा आवतजावतका लागि सुरक्षित मार्ग व्यवस्थापन, आयआर्जनका कार्य, उद्योग, खानी सञ्चालन, मानवीय आचरणका असल सीप तथा बानी विकास गर्ने शिक्षा पद्धतिमा जोड दिने हुनु पर्दछ। यसरी नै संसारमा प्रचलित आधुनिक चिकित्सा विधिका साथसाथै पितापूर्खादेखि चलिआएका परम्परागत रैथाने उपचार विधिहरुको सामान्य जानकारी सबै नागरिकका बिचमा पुग्ने गरी शिक्षा प्रणालीमा आबद्ध गर्नु वैज्ञानिक व्यवस्थापन प्रणाली हुन्छ।

यसर्थ ऋषि महर्षि कालीन ज्ञान तथा जडी बुटीको पहिचान र तिनको घरेलु प्रयोग, आयुर्वेद तथा प्राकृतिक एवं योग शास्त्रीय चिकित्सा विषयका वैज्ञानिक उपचार विधिलाई प्रवर्धन गर्ने सीप विकासका पक्षमा राज्य सरकारको ध्यानाकर्षण भएकै हुनु पर्दछ। जुनसुकै महामारी जन्य रोगहरूको उत्पत्ति तथा समुदाय स्तरमा फैलावटलाई नियमन, नियन्त्रण तथा प्रभावकारी रूपमा रोक्न आवश्यक वैज्ञानिक प्रबन्ध राज्यसँग हुनुपर्दछ। यस विषयमा नेपालको अवस्था कहाँ छ रुअध्ययन गरेर कार्यान्वयनका आधार खोजिनु पर्दछ।

नागरिक सचेतता तथा देशप्रतिको जिम्मेवारी बोध

नेपाल जस्तो बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक, बहु-जातजाति र भौगोलिक विविधता भएको देशका आम नागरिक समुदायलाई देशका सबै सबलता, दुर्बलता र सम्भावनाहरूका बारेमा प्रशस्त नागरिक सचेतता र हरेक मानिसलाई देशप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी बोध गराउने शिक्षाका सिकाइ विषयवस्तु चयन हुनु पर्दछ। कक्षाको तह, विद्यार्थी ज्ञानको तह मिलाएर आफ्ना स्थानीय तह, जिल्ला, प्रदेश तथा समग्र देश हुँदै निकटका छिमेकी देशहरूको बारेमा शिक्षामार्फत नागरिक सक्षमता बढाइनु पर्दछ।

मानिसका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक क्रियाकलाप तथा तिनका सबलता, दुर्बलता र स्थानीय विविध पक्षीय मौलिक विशेषतासित नागरिक दक्षता आवश्यक हुन्छ। प्राकृतिक तथा भौगर्भिक सम्भावित खानी, उद्योग एवं आइपर्ने आपतविपतका जोखिमजस्ता सबै विषयकबारेमा समेत आफ्ना जनताहरुलाई राम्रो जानकारी दिनु लिनु र सचेतता विकास गरिनु राज्यको मुख्य दायित्व हुन सक्छ।

यसर्थ सरकारले आफ्ना नागरिकलाई आपतविपत तथा महामारीका भोगाइका इतिहास, वर्तमान अवस्था र भविष्यसँग पूर्ण सचेत बनाउने शिक्षादीक्षाको प्रबन्ध गर्नु अति आवश्यक देखिन्छ। भूक्षय, पहिरो, बाढी, नदी कटान तथा डुबानका समस्या अरू कोही नभएर मानवीय असावधानी नै हुन् भन्ने शिक्षाका साथै रोकथाम र नियन्त्रणमा बालबालिकादेखि नै अभ्यासमा जोड्न अति जरुरी भएको छ।

तसर्थ राज्यको असल अभिभावकत्वप्रति आफ्ना सबै नागरिकहरूलाई सबै किसिमको सुरक्षा प्रबन्धप्रति विश्वास पार्ने तथा सक्षम नागरिक तयार गर्ने दायित्व पनि राज्य, सरकारको नेतृत्वको हुनु पर्दछ। २०७८ सालको असार सुरुमा आएको मौसमी वितण्डा, भूस्खलन, पहिरो, नदी कटान र हेलम्बु, मेलम्ची जस्ता क्षेत्रमा भएको जनधनको क्षतिले राजनीतिक तथा प्रशासकहरिलाई चिन्तित तुल्याउनु पर्दछ। अतःआपत विपतका विषयमा नेपाली नागरिक समाजको चेतना स्तरको व्यवहारिक स्थिति  कहाँ छ रु विश्लेषण गर्न र निकास निकाल्न अब धेरै ढिला भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्