भारतमा काेराेनाकाे तस्राे लहर अक्टुबरबाट सुरु हुने अनुमान

लोकपाटी न्यूज

काठमाडाैँ। भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टुबर महिनाबाट सुरु हुने दावी गरिएको छ। बेलायती समाचार संस्था रोयटर्सका स्वास्थ्य विशेषज्ञहरूको एक पोलले रिपोर्ट निकालेको हो।

भारतको अझै एक वर्ष कोरोना महामारीको जोखिम रहेको आँकलन त्यो रिपोर्टको छ।  बिबिसी हिन्दीले दिएको खबर अनुसार रोयटर्सका ४० विशेषज्ञले ३ जुन देखि १७ जुनसम्म एक सर्वेक्षण गरेको थियो। खोपका कारण स‌ंक्रमण नयाँ लहरान कम क्षति हुने सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणमा सहभागी अधिकांश विशेषज्ञले अक्टुबरबाट भारतमा तेस्रो लहर सुरु हुने बताएका छन्। ४० मध्ये ३ जनाले भने सेप्टेम्बरबाट तेस्रो लहर सुरु हुने दावी गरेका छन्।  विशेषज्ञहरूको यस सर्वेक्षणले नोभेम्बरदेखि अर्को वर्षको फेब्रुअरीसम्म भारतमा तेस्रो कोरोनाको तेस्रो लहरको चपेटामा पर्ने बताएका छन्।

गत अप्रिल, मेमा भारत कोरोनाको दोस्रो लहरले आक्रान्त भएको थियो। अहिले दोस्रो लहर शान्त हुँदै गएको छ। भारतमा तेस्रो लहर आएको खण्डमा नेपाल पनि त्यसको चपेटामा पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्