कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

Yamlal Kandel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ। शुक्रवार बसेको संसदीय दलको बैठकले तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए। थापा, शाही र बुढा वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका थिए।

त्यसपछि एमालेले उनीहरूलाई कारबाही गरेको थियो। त्यसविरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेका थिए। हालै सर्वोच्च अदालतले कारबाही खारेज गरेर उनीहरूलाई पुनर्वहाली गरेको थियो। ‘पार्टीको नीति विपरीत उहाँहरू सरकारमा रहिरहनु भनेको सर्वोच्चको आदेशको समेत पालना नगरेको ठहर्छ। त्यस कारण हामीले राजीनामा दिनका लागि निर्देशन दिने निर्णय गरेका हौं,’ शाहले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्