काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन्।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन्।बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ।
यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो। बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूले जनाएका छन्।



लोकपाटी न्यूज

