एकै पटक तीन कम्पनीले मागे आइपी‌ओ निष्काशनकाे अनुमति

IPO Icon
लोकपाटी न्यूज

काठमाडाैँ। एकै पटक २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले आइपिओ निष्काशनको लागी अनुमति माग गरेको छ। धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र अपार हेवा खोला हाइड्रोले आईपिओ निष्काशनका लागि अनुमति माग गरेका हुन्।

युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गरेका हुन् भने अपार हेवा खोला हाइड्रोले जेठ २ गते बोर्डमा आवेदन दिएको हो। युनियन लाइफले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटल रहेको छ। त्यस्तै सानिमा लाइफले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्रि प्रबन्धक पनि प्रभु क्यापिटल रहेको छ।

अपर हेवा खोलाले २० करोड बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। शेयर निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।

बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्