काठमाडाैँ। कर्णाली प्रदेशका क्रियाशील पत्रकारले क्यामेरा र ल्यापटप खरिदका लागि अनुदान पाउने भएका छन्। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्यापटप र क्यामेरा खरिदमा ५० प्रतिशत अनुदान दिने बचन दिएका हुन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पत्रकारका लागि कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै संसदीय मामिला पत्रकार समाजले आइतबार मुख्यमन्त्री शाहीलाई भेटेरै गुनासो राखेको थियो। सो पश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रमम छुटे पनि आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेको संसदीय मामिला पत्रकार समाजका प्रदेश अध्यक्ष शेरबहादुर थापाले बताए।
उनले मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन्। मुख्यमन्त्री शाहीले यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखन वृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्ने पनि बताएका छन्। ‘त्यो मध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाही बारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्ने हुन्छ शाहीले भने।



लोकपाटी न्यूज
