यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

karnali_pradesh
लोकपाटी न्यूज

सुर्खेत।  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख कलौनीले कोराेना महामारी न्यूनीकरण, रोकथाम र उपचारको उचित व्यवस्थापन गर्दै आवश्यक औषधि, आपूर्ति तथा उपलब्धता मार्फत नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिएको बताए।

कोरोनाका बिरामीलाई नि:शुल्क उपचार र खोप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। कोराेनाका कारण रोजगारी गुमाएकालाई मुख्यमन्त्री रोजगार कार्यक्रम, अरु आयआर्जनका विकल्प, एक जिल्ला एक उद्यम गाउँलगायतका कार्यक्रम सञ्चालन, व्यावसायिक कृषि उत्पादन, कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै प्रदेश सरकारले २० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने पनि जनाएको छ।

हेर्नहाेस पूर्ण पाठ :

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/Niti-Karyakram-For-Web.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्